July 21, 2017

विवाह गर्न सगरमाथाकाे शिखरमा पुग्यो क्यालिफोर्नियाकाे जोडी

काठमाण्डौ २५ बैशाख ।अमेरिकाको क्यालिफोर्नियाको एक जोडीले विश्वको सर्वोच्च शिखर सगरमाथामा पुगेर विवाह गरेका छन ।


३५ बर्षिय जेम्स सिस्सोम र ३२ एस्ले स्माइडरले  हजारौं माइल यात्रा गर्दै सगरमाथाकाे शिखरमा लगनगाँठो कसेका हुन ।
उनीहरुकाे विवाह द एडभेन्चर्स न्यूलिविदको सहयोगमा उनीहरुले समुन्द्रि  सतहदेखी १७ हजार फिट उचाई रहेकाे एभरेष्ट बेस क्याम्पमा सम्पन्न भएकाे हो ।


विवाह पछि उनीहरले भने ‘ धेरै लामो सल्लाह पछि हामी यो निष्कर्षमा पुग्यौंकि परम्परागत शैलीको विवाह हाम्रो लागि ठिक छैन । तथापी हामी हाम्रो परिवार र इष्टमित्रहरुसंग पनि यो महत्वपूर्ण क्षण साट्न चाहन्छौं त्यसैले यो यात्रा पछि हामी छिट्टै फर्कनेछौं ’ एस्लेले भनिन् ‘हामी दुवै १४ हजार फिट भन्दा माथीको अनुभव लिन चाहन्छौं । ’ (मेलअनलाईनबाट)