Breaking News

हुम्लामा रुघाखोकीकाे महामारी, पाँच जनाको मृत्यु, स्वास्थ्यकेन्द्रमा अाैषधी छैन

कालिबहादुर मल्ल/ कालिकाेट १९ पुस । हुम्ला जिल्लाको विभिन्न गाँउहरुमा फैलिएको रुघाखोकीले शनिवार यता पाँच जनाको मृत्यु भएकाे छ । एक सयभन्दा धेरै मानिस सिकिस्त बिरामी परेका छन् । रुघाखाेकीकाे संक्रमणमा अधिकांश बृद्धबृद्धा परेका छन ।

रुघा खोकीले शनिबार ८८ वर्षीय गोरे जैशीको मृत्यु भयो । आइतबार ९१ वर्षीय भ्याले कार्की, ९२ वर्षिय खैरे शाहीको मृत्यु भएको छ। यस्तै सोमबार ताँजकोट गाउँपालिका–५ मदानाकी २७वर्षीया रन्देवी परियार, ६० वर्षीया नन्दकली परियारको मृत्यु भएको हुम्लाका सहायक प्रमूख जिल्लाअधिकारी ऋद्धीप्रकाश सिटौलाले जानकारी दिए ।

पुस दोस्रो सातादेखि शुरु भएको रुघाखोकीले मदना गाउँमा मात्रै झण्डै सयको संख्यामा बिरामी परेको स्थानीय देवी परियारले बताएकी छन् । उनले शुरुमा ज्वरो आउने, टाउको दुख्ने खोकी लाग्नबाट शुरु हुने रुघाखोकी बिस्तारै घाँटीदुख्ने पखाला समेत चल्ने गरेपछि पाको उमेरका बिरामीलाई थप समस्या भएकाे सुनाइन “रुघाखोकीले गाउँमा निकै समस्या पारेको छ । हरेक घरमा बिरामीको संख्या निकै बढी छ । स्वास्थ्य संस्थामा औषधी नभएकाे बिरामीले गुनासो गरेका छन ।
उता जिल्लाको बिच भेगमा पर्ने सर्केघार्ड गाउँपालिकाको रोडीकोटमामात्रै तीनजनाको ज्यानगएको छ । इलाका प्रशासन कार्यालय सर्केघाडए र स्थानीयप्रहरी चौकीलाई उदृत गर्दै हुम्लाका सहायक प्रमूख जिल्लाअधिकारी ऋद्धीप्रकाश सिटौलाकाले रोडिकोटमा मात्रै ६०जना रुघाखोकीका बिरामी रहेकाे बताए ।
गएको एक सातादेखि जिल्लाको मध्ये भेगका रोडिकोट, राहदेउँ लगायतकागाउँमा रुघाखोकी फैलिएको जानकारी आजमात्रै सञ्चार माध्यममबाट खबर पाएको बताएका सहायक प्रमूखजिल्ला अधिकारी सिटौलाले चिसो बढ्नुका साथै धुँवाधुलोका कारण पनि जिल्लामा रुघाखोकीका बिरामीको संख्या बढेको बताए ।

shares