Breaking News

न्यायलयसंगकाे विवाद चुनावपछि समाधान गर्ने कांग्रेसको भनाई

काठमाण्डौ २५ बैशाख । नेपाली कांग्रेसले सरकार, संसद् र न्यायालयबीच देखिएको विवाद स्थानीय तहको पहिलो चरणको निर्वाचनपछि समाधान गर्ने बताएको छ ।
कांग्रेस प्रचार उपसमितिले सोमबार गरेको पत्रकार सम्मेलनमा उपसमिति संयोजक रमेश लेखकले कार्यपालिका, संसद् र न्यायपालिकाको विवादका सम्बन्धमा निर्वाचनपछि वार्ता गरेर निष्कर्षमा पुग्ने बताए । उनले कांग्रेसले सधैं विधिको शासन मान्ने र त्यसैका लागि लडेको पार्टी भए पनि पछिल्लो दिनमा अदालतका केही फैसलाले सीमा नाघेको संकेत गरे । केही समययता सर्वोच्चका आदेश र फैसलाले सरकारको कार्यकारी क्षेत्राधिकार र संसद्को क्षेत्राधिकारमा हस्तक्षेप भएको अनुभुति गरेको उनकाे भनाई थियो ।
उनले कांग्रेसले कारण नभई अन्य दलका कारण संविधान संशोधन प्रक्रिया रोकिएको बताए । अहिले राष्ट्रिय जनता पार्टीसँग वार्ता गरेर साझा दृष्टिकोण बनाएको लेखकले बताए ।
कांग्रेसले माओवादी केन्द्रसँग तालमेल गरेको ठाउँमा कुनै समस्या नरहेको जनाएको छ । केही स्थानमा अर्को राजनीतिक पार्टीसँग तालमेल गरेको भन्दै तालमेल भएको स्थानमा अब कुनै समस्या नरहेको लेखकले बताए ।

shares