October 24, 2017

कांग्रेसकाे घोषणापत्रमा पाँच बर्षभित्र रेल देखि फ्रि वाइफाईसम्म

काठमाण्डौ २५ बैशाख । नेपाली कांग्रेसले काठमाडौँ महानगरपालिकाले विकासका योजनालाई अगाडि सार्दै महानगरको घोषणापत्र सार्वजनिक गरेको छ ।
सोमबार काठमाडौमा आयोजित कार्यक्रममाबीच कांग्रेस नेता प्रकाशमान सिंहले महानगरको घोषणपत्र सार्जजनिक गरेको हो । करिब दुई दशकपछि हुन लागेको स्थानीय तहको निर्वाचनको पूर्व सन्ध्यामा जनताको मन जितेर मतदाता आफ्नो पक्षमा पार्न काँग्रेसले विकासको योजनालाई अगाडि सारेको छ ।

घोषणापत्रको सार्वजनिक गर्दै नेपाली काँग्रेसका नेता एवम् पार्टीका पूर्व महामन्त्री प्रकाशमान सिंह ऐतिहासिक, सांस्कृतिक, धार्मिक, पर्यटकीय महत्व बोकेको काठमाडौँलाई विश्वकै नमुना सहर बनाउनका लागि काँग्रेसलाई जिताउनुपर्ने बताए।
काँग्रेस काठमाडौँ महानगरपालिका प्रमुखका उम्मेदवार जोशी राजुराज जोशीले महानगरमा पाँच वर्षभित्र महानगरपालिकाभित्र मेट्रो रेल निर्माण गर्नेदेखि महानगरमा निःशुल्क वाइफाइको व्यवस्था मिलाउने बताए ।
आधुनिक सडक पेटीको निर्माण, सुलभ पार्किङस्थलको व्यवस्था, प्रमुख पर्यटकीय र व्यावसायिक क्षेत्रलाई सवारी साधन निषेधित क्षेत्र तोकी निःशुल्क महानगरीय सवारी साधनको व्यवस्था गर्ने, सडक पेटीमा रुख रोप्ने, काठमाडौँका ३२ वटै वडामा नमुनापार्क निर्माण गर्ने जनाएको छ ।