पेट्रोल, डिजेल र मट्टितेलको मूल्य बढ्यो

काठमाण्डौ,१७ पुस । नेपाल आयल निगमले पेट्रोलियन पदार्थको मूल्य बृद्धि गरेको छ ।

नेपाल आयल निगम सञ्चालक समितिको बैठकले पेट्रोल, डिजेल, मट्टितेल, खाना पकाउने ग्यास र हवाइ इन्धनको मूल्य बढाउने निर्णय गरेको हो । सोमबार राती १२ बजेबाट लागू हुने गरी निगमले पेट्रोल, डिजेल र मट्टितेलमा प्रति लिटर १/१ रुपैयाँ मूल्य बढाएको हो ।

अब पेट्रोलको मूल्य प्रतिलिटर  १ सय २ पुगेको छ भने डिजेटल र मट्टितेलको प्रतिलिटर ७९ रुपैयाँ पुगेको छ । यस्तै खाना पकाउने ग्यासमा प्रतिसिलिण्डर २५ रुपैयाँ र हवाइ इन्धन आन्तरिकतर्फ प्रतिलिटर ३ रुपैयाँले बढाइएकाे छ ।

 खाना पकाउने ग्यास एक सिलिण्डर किन्दा १ हजार ३ सय ७५ रुपैयाँ तिर्नुपर्ने छ । हवाई इन्धन आन्तरिकमा ३ रुपैयाँ बढेर ९० रुपैयाँ प्रतिलिटर पुगेको छ ।