साउदी र युएर्इमा पनि मूल्य अभिबृद्धि कर (भ्याट) सुरु

काठमाण्डाै, १७ पुस । साउदी अरब र युनाइटेड अरब इमिरेट्सले पहिलाे पटक मूल्य अभिवृद्धि कर (भ्याट) लगाउन सुरु गरेकाे छ ।

यी दुवै देशहरूमा जनवरी १ देखि लागु हुने गरी उक्त कर लगाइएकाे हाे । बहुसंख्यक वस्तु तथा सेवामा ५ प्रतिशत लेवी लगाउन थालिएकाे छ । पेट्राेल, डिजेल, खाद्यवस्तु, कपडा, बिजुली पानी जस्ता घरायसी प्रयाेगका बिलहरू तथा हाेटेलका काेठाहरूमा उक्त कर लाग्ने जनाएकाे छ ।

अन्तर्राष्ट्रिय मुद्रा काेषलगायतका संगठनहरूले पहिलेदेखि नै तेलकाे भण्डारमा निर्भर नरही अाम्दानीकाे स्राेतकाे विविधिकरण गर्न अाग्रह गर्दै अाएका थिए ।

खाडी मुलुकले लामाे समयदेखि विदेशी कामदारहरूलार्इ कररहित जीवन-निर्वाहप्रति अाकर्षित गर्दै अाइरहेकाे थियाे । तर त्यहाँकाे सरकारले अन्तर्राष्ट्रिय बजारमा सस्तिएकाे तेलकाे मूल्यकाे कारण परेकाे खाडल समायाेजन गर्न राजस्व बढाउन चाहेकाे बताइएकाे छ ।

युएर्इले पहिलाे वर्ष लगभग १२ बिलियन दिराम भ्याट उठ्ने अनुमान गरेकाे छ ।  साउदी अरबकाे कुल बजेटकाे ९० प्रतिशत र युएर्इकाे ८० प्रतिशत हिस्सा तेल उद्याेगले अाेगट्दै अाएकाे छ ।

हाल राजस्वकाे स्राेतकाे विकल्प खाेज्ने क्रममा साउदी अरबले सूर्तीजन्य वस्तु तथा सफ्ट ड्रिंक्समा कर लगाउनुकाे साथै स्थानियलार्इ दिने राहतमा समेत कटाैती गरेकाे छ । त्यस्तै, युएर्इले सडक दस्तुर बढाएकाे छ भने पर्यटन करकाे सुरुवात गरेकाे छ । तर अायकर लगाउने बारे कुनै याेजना देखिंदैन ।