टुसा उमारिएकाे गेडागुडीका यस्ता छन् फाइदा: ताैल घटाउनेदेखि कब्जियत हटाउनेसम्म

खाजा-नास्तामा  टुसा उमारेकाे गेडागुडी सामेल गर्दा यसले कैयाैं राेगबाट बचाउँछ । यसरी अंकुरित अन्न वा गेडागुडीमा भिटामिन ए, बी, सी, डी अादि भरपूर मात्रामा पाइन्छ । यस्ता अनाजलार्इ फस्फाेरस, म्याग्नेसियम, अाइरन, क्याल्सियम तथा खनिज लवणकाे मुख्य स्राेत मानिन्छ ।

-टुसा उमारिएकाे यस्ता अनाजले पाचनप्रणालीलार्इ बलियाे बनाउँछ, किनकि यसमा फाइबर अधिक मात्रामा पाइन्छ । यसले कब्जियतकाे समस्या हटाउँछ ।

 

-यसमा एंटिअक्सिडेन्ड हुने कारणले राेग-प्रतिराेधात्मक क्षमता पनि बढाउँछ ।

-यसमा क्यालाेरी पनि निकै कम हुने हुनाले ताैल घटाउन चाहने व्यक्तिले अाफ्नाे खानामा यसलार्इ समावेश गर्दा फाइदा पुर्याउँछ ।

-टुसाएकाे गेडागुडीमा धेरै प्रकारकाे प्राेटिन पाइन्छ जसले हाम्राे शरीरलार्इ तागत दिन्छ । शरीरलार्इ ऊर्जावान बनाउँछ ।

-यसले मांसपेशीलार्इ बलियाे बनाउनुकाे साथै अाँखाकाे ज्याेतिलार्इ तेजिलाे बनाउँछ ।

– छालामा देखिने चाउरीपनलार्इ हटाउन सहयाेग गर्दछ । दिनहुँ यसकाे सेवनले अनुहारमा चमक ल्याउँछ ।