Breaking News

नवौँ फाल्गुनन्द गोल्डकप फुटबलकाे उपाधि सुनसरी–११ लार्इ

पाँचथर, १६ पुस । नवौँ फाल्गुनन्द गोल्डकप फुटबल प्रतियोगिता उपाधि सुनसरी–११ ले जितेको छ ।

फिदिम माविको खेल मैदानाममा भएकाे खेलमा सुनसरीले २–० गोल अन्तरले मोरङलाई हराउदै उपाधि हात पारेको हो । विजेता सुनसरीले ३ लाख रुपैँया नगद र ट्रफि पाएको छ । उपविजेता बनेको मोरङले २ लाख रुपैँया नगद र ट्रफिमा चित्त बुझाएको छ ।

सुनसरीका तिर्थ बस्नेत र सुरज सुनुवारको एक–एक गोलको प्रेरणाले सुनसरीले जित निकालेको हो । खेलको ६७ औँ मिनेटमा बस्नेतले गोल गरेका थिए । यस्तै खेलको ८६ औँ मिनेटमा सुनवारले गोल थप्दै जितलाई सुनश्चित बनाएका हुन् ।

प्रतियोगिताका सर्वोकृष्ट खेलाडी सुनसरीका हेमन्त थापा मगर भए । उनले ३५ हजार रुपैयाँ नगद पुरस्कार पाए । उच्च गोलकर्ताको उपाधि सुनसरीका तिर्थ बस्नेतले पाए । उनले खेल अवधिमा ५ गोल गरेका थिए ।

वेष्ट मिडफिल्डर मोरङका बुद्धिमान राई, बेष्ट कोज सुनसरीका श्याम मानन्धर, उदयमान खेलाडी फिदि स्पोर्टिङका आकाश राना मगर, बेष्ट गोलकिपर सुनसरीका विवश चौधरी, बेष्ट फरवार्ड सुनसरीका निशाल लिम्बु, बेष्ट डिफेण्डर मोरङका सुरेन्द्र खवास घोषित भए ।

फिदिम स्र्पोटिङ क्लवको आयोजनामा पुष ७ गतेबाट प्रतियोगिता सुरु भएको थियो । प्रतियोगितामा मोरङ, सुनसरी सहित त्रिभुवन आर्मी क्लब, एपिएफ, ब्वाईज युनियन, रुपन्देहि ११, विर्ता युनाईटेढ झापा, मिसन युनाईटेढ ताप्लेजुङ, युके क्लव खस्राङ र आयोजक फिदिम स्पोटिङ क्लवको सहभागिता रहेको थियो ।

 

shares