Breaking News

इपिएलको उपाधि विराटनगर वारियर्सलाई

काठमाण्डाै,१५ पुस । एभरेष्ट प्रिमियर लिग(इपिएल)को उपाधि विराटनगर वारियर्सलेले जितेको छ ।

किर्तिपुर खेल मैदानमा आज सम्पन्न रोमाञ्चक फाइनल खेलमा भैरहवा ग्लाडियटर्सलाई १  रनले पराजित  गरेर उपाधि हात पारेको हो। टस हारेर पहिले व्याटिङ गरेको विराटनगरले निर्धारित २० ओभरमा सात विकेट गुमाएर १ सय ४९ रन बनाएको थियो ।

विराटनगरका लागि अंशुमान रथले सर्वाधिक ४१ रन बनाए भने विराटनगरका कप्तान पारस खड्काले २७ रनको योगदान गरे । त्यस्तै अनिश शाहको नाममा २२ रन रहयो भने प्रनित थापामगरको १४ रन रहयो ।

भैरहवाका लागि कृष्ण कार्की र हरिशरण शाहले समान २/२ विकेट लिए । जवाफि व्याटिङ गरेको भैरहवाले निर्धारित ओभरमा ९ विेकट गुमाएर एक सय ४८ रन मात्र बनाउन सक्यो ।

भैरहवाका लागि सरद भेषवाकरले सर्वाधिक ५२ रनको योगदान गरे भने प्रथम सलुङ्खेले ३० रन बनाए त्यस्तै अरिफ शेखले २७ रन बनाउनु बाहेक अन्य कुनै पनि खेलाडीले दोहोरो अंक बनाउन सकेनन् ।

विराटनगरका लागि कप्तान पारस खड्काले ती विकेट लिए भने अनिल शाह र करण केसीले समान २/२ विकेट लिए ।

shares