Breaking News

रूघाखाेकी चिसाेकाे कारण हैन, यस्ताे कारणले लाग्दछ

रूघाखाेकी, सर्दी तथा घाँटी दुख्ने समस्या सामान्य तर सर्वव्यापी राेग हाे । संसारका हरकाेही रूघाखाेकीबाट कुनै न कुनै बेला पीडित हुन्छन् नै । साथै रूघाखाेकी लाग्दा अाैषधीकाे सेवनले कफ पूर्ण रूपमा बाहिर निस्कन पाउँदैन जुन पछि गएर अन्य राेगकाे कारण बन्दछ ।

रूघाखाेकीकाे सही उपचार पाउन नसक्नुकाे एउटा कारण के हाे भने कतिपयले रूघाकाे कारण घाँटी किन दुख्छ भनेर पत्ता लगाउन सकेका छैनन् । साथै सिंगानकाे रूपमा नाक हुँदै बाहिर निस्कने सिंगान किन, कसरी र कहाँ बन्दछ भन्ने पनि बुझेका हुँदैनन् ।

स्वासकाे माध्यमबाट शरीरभित्र प्रवेश गरेकाे ब्याक्टेरिया एवं फाेहाेर सिंगान वा खकार बनेर माैसममा हुने परिवर्तनसँगै नाकबाट बग्न वा छातीमा जम्न थाल्दछ, जसलार्इ हामी सर्दी भन्छाैं । एलाेप्याथी चिकित्सा पद्दति अनुसार नाककाे पछाडिकाे भागमा रहेका काेष ब्याक्टेरियाकाे संक्रमणकाे कारण मर्दछ र सिंगानकाे रूपमा नाकबाट बग्न थाल्छ ।

चिकित्सा विज्ञानले बताएअनुसार शरीरले हामीले खाएकाे खानाबाट सुगर तथा अन्य एसिड बनाउँछ जुन कलेजाेमा गएर जम्मा हुन्छ । फेरि कलेजाेले इंधनकाे रूपमा त्यसलार्इ रक्तनली हुँदै पठाउँछ, जहाँ उक्त सुगर मांसपेशी चलाउन इंधनकाे रूपमा प्रयाेग हुन्छ ।

हामी जब कुनै काम गर्छाैं, शरीरले स्वासनली, फाेक्साे हुँदै रगतसम्म पुगेकाे अक्सिजनकाे सहायताले साेही इंधनकाे जलाउँछ वा खपत गर्दछ । त्यही इन्धन जल्ने बेलामा दुर्इ किसिमकाे फाेहाेर बन्दछ- हावासँगै भित्र छिरेकाे धुवाँ, धुलाे, ब्याक्टेरिया वा प्रदुषणकाे फाेहाेर र अर्काे कार्बनडाइअक्साइड ।

कार्बनडाइअक्साइड एवं साना ब्याक्टेरिया त सास फेर्दा बाहिर निस्कन्छ, तर धुलाे एवं ठूला ब्याक्टेरियाबाट बनेकाे फाेहाेर रगत तथा मृगाैलामार्फत् पिसाव वा दिशाकाे माध्यमबाट बाहिर निस्कन्छ भने कुनै फाेहाेर फाेक्साेमा टाँसिएर बस्छ । हाम्राे शरीरमा पानीकाे मात्रा पुरा नभएसम्म त्याे दुषित फाेहाेर बाहिर निस्कँदैन । शरीरमा रगत वा पानीकाे मात्रा पुरा नहुन्जेल उक्त फाेहाेर फाेक्साेमै टाँसिएर बसिरहन्छ र कफ बनेर शरीरभित्रै जमेर बसिरहन्छ ।

शरीरमा अनावश्यक कफ धेरै मात्रामा जम्मा भएपछि गला वा घाँटी दुख्न थाल्छ । साेही कारण कहिलेकांही ज्वराे पनि अाउँछ र खान मन नलाग्ने पनि गराउँछ । जब हामी खाना खान छाेड्छाैं वा कम गर्छाैं, तब हाम्राे मष्तिष्कमा माैसमकाे दबाव बढ्न जान्छ र नाकबाट पानी वा सिंगान बग्न थाल्छ । यदि हामीले शरीरलार्इ अाफ्नाे काम गर्न दिएनाैं भने कफ बाहिर निस्कँदैन र रूघाखाेकी बनेर दुख दिइरहन्छ ।

 

shares