Breaking News

सरकारलाई राष्ट्रियसभा चुनावको मिति तोक्न निर्वाचन आयोगकाे अाग्रह

काठमाण्डाै, १४ पुस । निर्वाचन आयोगले राष्ट्रियसभा चुनावको मिति तोक्न सरकारलाई आग्रह गरेको छ ।

प्रमुख निर्वाचन आयुक्त अयोधिप्रसाद यादवसहितका आयुक्तहरुले शुक्रबार प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर राष्ट्रिय चुनावको मिति तोक्न आग्रह गरेका हुन् । राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रियसभा गठनसम्बन्धी अध्यादेश प्रमाणीकरण गरेपछि राष्ट्रियसभा गठनको बाटो खुलेको छ ।

तर, नेकपा एमाले र नेकपा माओवादी केन्द्रको वाम गठबन्धनले नयाँ सरकार बनेर मात्र राष्ट्रियसभाको चुनाव हुनु पर्ने अडान राख्दै आएको छन् । कांग्रेस सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा राष्ट्रियसभा गठन गरेर सरकार छाड्ने मनस्थितिमा हरेका छन् ।

राष्ट्रियसभा सदस्यमा भाग लिने दलहरुलाई दर्ताका लागि १५ दिनको समय दिएर गत बिहीबार सूचना निकालेको थियो । छलफलपछि प्रमुख आयुक्त यादवले प्रधानमन्त्रीसंगको छलफल राष्ट्रय सभा निर्वाचन गर्ने बिषयमा केन्द्रित भएको जानकारी दिए ।

सरकार र निर्वाचन आयोग राष्ट्रियसभालाई पूर्णता दिएर मात्र नयाँ सरकार बनाउनुपर्ने पक्षमा छन् भने एमाले माओवादी राष्ट्रियसभा भन्दा पहिले नै नयाँ सरकारको पक्षमा उभिएका छन् ।

shares