August 19, 2017

गुण्डा नाइके दीपक मनाङे पक्राउ

काठमाडौं, २५ बैशाख  । चर्चित गुण्डा नाइके दीपक मनाङे आइतबार साँझ ठमेल क्षेत्रबाट पक्राउ परेका छन् ।
वैशाख ३१ मा हुने स्थानीय तहको निर्वाचनको सुरक्षालाई मध्यनजर गर्दै प्रहरीले तयार पारेको लिस्ट अनुसार मनाङ्गे पक्राउ परेका हुन् ।

महानगरीय प्रहरी परिसर काठमाडौंको टोलीले मनाङ्गेसहितको केही युवालाई पक्राउ गरेको काठमाडौंका प्रहरी प्रमुख एसएसपी छविलाल जोशीले जानकारी दिए ।

मनाङ्गेलाई प्रहरीले ठमेल एरियामा बसिरहेको अवस्थामा पक्राउ गरेको हो । चुनावी सुरक्षालाई प्राथमिकतामा राखेर प्रहरीले पक्राउ गर्नेको लिस्ट नै तयार पारेको छ । यो खबर अन्नपूर्ण पोस्टमा छ ।