May 26, 2017

यसरी पूरा गर्नुस् जिमको डाइट प्लान

काठमाण्डौ, २४ वैशाख । भनिन्छ जिन्दगीमा योजना बिना सफल हुन सकिँदैन । यो हाम्रो दैनिक क्रियाकलापमा पनि अति नै महत्वपूर्ण मानिन्छ । त्यसरी नै जिम गर्दा खेरी पनि डाइटको प्लान गर्नुपर्ने हुन्छ । जुन निम्नानुसार छन्–

पहिलो दिनः केराबाहेक अरु सबै फलको सेवन गर्न सक्नुहुन्छ । खरबुजा र तरबुजाको अत्याधिक सेवन गर्नसक्नुहुन्छ ।

दोस्रो दिनः सबै प्रकारका सब्जी खान सक्नुहुन्छ । उसिनेको र पकाइएको आलुका साथै सलाद र हरियोपरियो सब्जीको सेवन गर्नुहोस् ।

तेस्रो दिनः तेस्रो दिनमा चाहिँ खानामा केही नियन्त्रण गर्नुपर्ने हुन्छ । आलु र केरालाई छोडेर अरु फल र सब्जीहरु खान छुट छ ।

चौंथो दिनः चौंथो दिनमा तपाई केवल दूध र केराको मात्र सेवन गर्नसक्नुहुन्छ । चाहेको अवस्थामा सुप पनि खान सक्नुहुन्छ ।

पाँचौं दिनः यस दिन गोलभेडा, राजमा सोया पनिर खान सकिन्छ । पानीको मात्रा पनि बढाउन पर्ने हुन्छ । साथै चामलसँगै राजमा, सोया र कागतीको प्रयोग पनि उत्तम हुन सक्छ ।

छैटौं दिनः छैंटौं दिन तपाई सीमित सब्जी र चामलको प्रयोग गर्न सक्नुहुन्छ । सदाबहार मटर अथवा टोमाटो राइस खान सकिन्छ ।

सातौं दिनः आजबाट बिना पोलिस गरिएको चामल र सब्जीको सेवन गर्न सकिन्छ । साथै फलफूलको रस सेवन गर्ने छुट पनि छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *