October 24, 2017

रुसले चीनको सामाजिक सञ्जाल ‘वीच्याट’ मा रोक लगायो

काठमाण्डौ, २४ वैशाख । विश्वको शक्तिशाली राष्ट्रको रुपमा चिनिएको रुसले फेरी चीनको एक प्रमुख सामाजिक सञ्जाल ‘वीच्याट’ मा रोक लगाएको छ ।

सञ्चार निगरानी संस्थाको जानकारी दिन असफल रहेको कारण उक्त सामाजिक सञ्जाललाई रोक लगाइएको हो । उक्त संस्थाका अनुसार गएको ४ मे देखि नै ‘वीच्याट’ को सबै सेवा बन्द गरिएको छ ।

यसअघि रुसले पहिल्लो वर्ष अमेरिकाको सामाजिक सञ्जाल ‘लिंक्डइन’ लाई पनि प्रतिबन्ध लगाएको छ ।