आईपिएलको दोस्रो खेलमा पञ्जाब र गुजरात भिड्दै

काठमाण्डौ, २४ वैशाख । भारतमा जारी इन्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत दोस्रो खेलमा किंग्स एलाभेन पञ्जाब र गुजरात लायन्सबीच खेल भइरहेको छ ।

मोहालीको पञ्जाब क्रिकेट एसोसिएसन स्टेडियममा भइरहेको खेलमा गुजरातले टस जितेर फिल्डिङ रोजेको हो । टस हारेसँगै पञ्जाब ब्याटिङ गरिरहेको छ ।

अंक तालिकामा पञ्जाब १० अंकका साथ पाँचौं स्थानमा रहेको छ भने गुजरात ६ अंकका साथ तालिकाको सातौं स्थानमा रहेको छ ।