माछाले बजार नपाउँदा किसान मर्कामा

काठमाण्डाै, ११ पुस । बजार अभावका कारण पाण्डे कृषि फर्म नुवाकोटका १५ टन भन्दा बढी माछा मरेका छन् ।

पाण्डे कृषि फर्मले मंगलबार काठमाण्डौमा पत्रकार सम्मेलन गरेर बजार अभावका कारण माछा मरेको भन्दै सरकारलाई ध्यानाकर्षण गराएकाे हाे।

फर्मका संचालक युवराज पोखरीमा उत्पादन गरेको माछालाई उपयुक्त बजार नदिने गर्नाले दुरदिनको शिकार हुनुपरेको गुनासो व्यक्त गरे । तत्काल सरकारले पोखरीको माछालाई उपयूक्त बजार दिन नसके आफू आमरण अनशन बस्ने उनले चेतावनी दिए ।

माछा पालनको र बिक्रीको लागि कालिमाटी बजार र कुलेश्वर बजार लगायतका सबै बजार धाएपनि बजार पाउन नसेको उनको भनाई छ ।विषादीयुक्त माछामा झिंगा नभन्किने र विषादीरहित माछामा झिंगा भन्किने भन्दै ग्राहकलाई विषादीरहित माछा सेवन गर्न उनले आग्रह गरे ।