सुनिल नरायनको किर्तिमानी अर्धशतकसँगै कोलकत्ता ६ विकेटले विजयी

काठमाण्डौ, २४ वैशाख । सुनिल नरायनको किर्तिमानी अर्धशतकको मद्दतमा कोलकत्ता नाइट राइडर्सले रोयल च्यालेन्जर्स बैंग्लोरमाथि ६ विकेटको सहज जित हात पारेको छ ।

टस हारेर ब्याटिङको निम्तो पाएको बैंग्लोरले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १ सय ५८ रनको योगफल तयार पार्‍यो । उसका लागि ट्रेभिस हेडले सर्वाधिक ७५ रन बनाउँदा मन्दिप सिंहले पनि ५२ रन बनाए । कोलकत्ताका लागि उमेश यादवले ३ विकेट लिए भने सुनिल नरायनले २ र क्रिस वोक्सले १ विकेट लिए ।

१ सय ५९ रनको लक्ष्य पछ्याएको कोलकत्ताले ४ विकेट गुमाउँदै जित हासिल गर्‍यो । कोलकत्ताका लागि सुनिल नरायनले किर्तिमानी अर्धशतकीय पारी खेल्दा क्रिश लिनले पनि उत्कृष्ट ५० रनको पारी खेले ।

बैंग्लोरका लागि पवन नेगीले २ तथा अंकित चौधरी र युजवेन्द्र चाहलले समान १–१ विकेट लिए । जितसँगै रनरेटका आधारमा कोलकत्ता दोस्रो स्थानमा  उक्लिएकाे छ ।