ललितपुरमा १० लागुऔषध सहित मानिसहरु नियन्त्रणमा

काठमाण्डौ २४ वैशाख । ललितपुर मंगलबजार हरवा महानगरीय प्रहरी प्रभाग मंगलबजारबाट खटिएको प्रहरी टोलीले विशेष सुराकीको आधारमा उपत्यकामा १० लागुऔषध सहित मानिसहरु  नियन्त्रणमा लिएको छ ।

हिजो र आज गरी फिनरगन ३१ थान, ट्याजिप्टीप ५ थान, नोफिन ४ थान, केरीज्याक २८ थान नाईट्रोजन ट्याबप्लेट २ थान र प्रयोग गरेको सिरिन्ज ४ थान सहित ललितपुरसुन्धारा (६ बस्ने वर्ष २५ को रविन महर्जन, ललितपुर च्यासल बस्ने वर्ष २५ को साजन महर्जन र ललितपुर ईखालखु १९ बस्ने वर्ष २६ को मिथुन वज्राचार्यलाई नियन्त्रण लिइएको हो ।

आवश्यक कारबाहीका लागि महानगरीय प्रहरी प्रभाग मंगलबजारमा राखिएको र घटनाकाे सम्बन्धमा अन्य अनुसन्धान कार्य जारी रहेको महानगरीय प्रहरी प्रभाग मंगलबजारले जानकारी दिएको छ ।