October 19, 2017

संघीय गठबन्धनले दबाबका कार्यक्रमहरु सार्वजनिक गर्ने

काठमाण्डौ, २४ वैशाख । निर्वाचन प्रक्रियामा भाग लिएको भन्दै संयोजकबाट उपेन्द्र यादवलाई निकालेको संघीय गठबन्धनले दोश्रो चरणको निर्वाचनको सुनिश्चितता गर्दै दबाबका कार्यक्रम सार्वजनिक गर्ने भएको छ ।

आईतबार काठमाण्डौमा बसेको गठबन्धन बैठकले सरकारको ध्यान पहिलो चरणको निर्वाचनमा मात्र गएको भन्दै दोश्रो चरणको निर्वाचनका लागि दबाबका कार्यक्रम सार्वजनिक गर्ने जनाएको हो । गठबन्धनको सोमबारको बैठकले विरोध कार्यक्रम तय गर्ने गठबन्धन नेता महेन्द्र राय यादवले जानकारी दिए ।

त्यस्तै बैठकमा पछिल्लो राजनीतिक अवस्था र घटनाक्रमको विषयमा पनि छलफल भएको उनले बताए ।