Breaking News

फ्रान्समा आज दोस्रो चरणको निर्वाचनः इम्मानुएल म्याक्रोन र मरिन ले पेन चुनावी मैदानमा

काठमाण्डौ, २४ वैशाख । फ्रान्समा राष्ट्रपति चयनका लागि आज इम्मानुएल म्याक्रोन र मरिन ले पेनबीच प्रतिस्पर्धा हुँदैछ ।

दोस्रो चरणको निर्वाचनका लागि मध्यमार्गी ३९ वर्षिय इम्मानुएल म्याक्रोन र चरम दक्षिणपन्थी ४८ वर्षिय मरिन ले पेनबीच प्रतिस्पर्धा हुन लागेको हो । फ्रान्सबाहिर रहेका नागरिकहरुले मतदान सुरु गरिसकेका छन् । पहिलो चरणमा कुल ११ उम्मेदवारहरुले निर्वाचनमा भाग लिएपनि दास्रो चरणमा म्याक्रो र पेन पुगेका थिए ।

उदारवादी मध्यमार्गी म्याक्रो व्यापार उन्मुख र युरेपेली संघका प्रखर सर्मथक हुन् भने ले पेन आप्रवासीविरुद्ध कडा नीति अपनाउनुपर्ने मान्यतामा जोड दिन्छन् । धेरैले निर्वाचनमा म्याक्रोनले नै विजय हासिल गर्ने बताइरहँदा विश्लेषकहरुले भने मतदानमा सहभागी नहुनेको संख्या बढेमा म्याक्रोनलाई घाटा हुने बताएका छन् ।

युरोपको भविष्यसँग जोडिएको राष्ट्रपतिय निर्वाचनलाई महत्वकांक्षाका साथ हेरिएको छ ।

shares