August 19, 2017

सगरमाथा अाधार शिविरमा निधन भएका शेरचनको अन्त्येष्टि गरियो

काठमाण्डौ, २४ वैशाख । सगरमाथा आधार शिविरमा निधन भएका भएका ८६ वर्षीय मीनबहादुर शेरचनको अन्त्येष्टि गरिएको छ ।

शनिबार साँझ आधार शिविरमा निधन भएका शेरचनको शव परीक्षणका लागि आज लुक्लाबाट काठमाण्डौ ल्याइएको थियो । शव परिक्षणपछि आज शेरचनको शव बौद्ध परम्परानुसार अन्येष्टि गरिएको हो ।

विं. सं. २०६५ मा ७६ वर्षका उमेरमा तीन सय ४० दिन लगाएर सगरमाथा चढी कीर्तिमान राखेका शेरचनको कीर्तिमान २०७१ मा ८१ वर्षीय जापानी युउचिरो मिउराले तोडेका थिए । शेरचन ८६ वर्षका उमेरमा सगरमाथा आरोहणको तयारीमा थिए ।

शेरचनको विसं २०७० र २०७२ मा सगरमाथा आरोहण योजना असफल भएको थियो । यस वर्ष भने अभियान सफल बनाउने बताउँदै उनी काठमाण्डाँबाट हेलिकप्टरमार्फत तेन्जिङ हिलारी विमानस्थल लुक्ला हुँदै आधार शिविर पुगेका थिए ।