Breaking News

आईपिएल अन्तर्गत पहिलो खेलमा बैंग्लोर र कोलकत्ता भिड्दै

काठमाण्डौ, २४ वैशाख । भारतमा जारी इन्डियन प्रिमियर लिग अन्तर्गत अहिले रोयल च्यालेन्जर्स बैंग्लोर र कोलकत्ता नाइट राइडर्सबीच खेल भइरहेको छ ।

बैंग्लोरको चिन्नास्वामी स्टेडियममा भएको पहिलो खेलमा कोलकत्ताले टस जितेर बलिङ गरिरहेको छ । आजको खेलमा कोलकत्ता जितेर प्लेअफमा सम्भावना कायम राख्ने होडमा हुनेछ भने बैंग्लोर लगातार हारको श्रृङ्खलालाई तोड्दै शाखका जाेगाउने सुरमा हुनेछ ।

कोलकत्ता १४ अंकका साथ तालिकाको तेस्रो स्थानमा छ भने बैंग्लोर ५ अंकका साथ तालिकाको पुछारमा छ ।

प्रतियोगिता अन्तर्गत दोस्रो खेलमा मोहालीमा रहेको पञ्जाब क्रिकेट स्टेडियममा किंग्स एलाभेन पञ्जाब र गुजरात लायन्स राति ८ः १५ मा आमनेसामने हुँदैछन् ।

shares