August 24, 2017

वरिष्ठ साहित्यकार श्यामप्रसाद शर्माको निधन

काठमाण्डौ, २४ वैशाख । वरिष्ठ साहित्यकार श्यामप्रसाद शर्माको आईतबार कमलादीस्थित आफ्नै निवासमा निधन भएको छ ।

अल्जाइमर लगायत रोगबाट पीडित ९८ वर्षीय शर्मा नेपाली प्रगतिशील साहित्यिक क्षेत्रका एक अगुवा व्यक्तित्व थिए । । शर्मा राणा शासन विरोधी आन्दोलनका लागि सत्याग्रह आन्दोलनमा पनि सामेल भएका थिए । शर्माको पार्थिव शरीरलाई अन्तिम श्रद्धाञ्जलीका लागी नेपाल प्रज्ञा–प्रतिष्ठानमा राखिएको थियो । उनलाई विभिन्न दलका नेता, साहित्यकार, सर्वासाधारण लगायतले श्रद्धान्जली दिएका थिए ।

उनको आईतबार नै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ । शर्माका एक छोरी पनि छिन् ।