Breaking News

झापामा जर्मनी प्रविधिको स्वचालित मेसिनबाट कंक्रिट ब्लक उत्पादन सुरु

झापा २ पुस । वायु तथा वातावरण प्रदुषण रहित वैकल्पिक उद्योग स्थापना गर्ने सरकारी योजनाका साथ झापा जिल्लामा देशकै पहिलो अत्याधुनिक जर्मनी प्रविधिको स्वचालित मेसिनबाट कंक्रिट ब्लक उत्पादन सुरु गरिएको छ ।

झापाको अजूृर्नधारा नगरपालिका– ७ मा सञ्चालनमा ल्याएको बिल्डकन इण्डष्ट्रिज प्रा.(लि)ले आइतबार एक भव्य कार्यक्रमकाबिच उद्योगको उद्घाटन गरी आफ्नो उत्पादन सुरु गरेको हो ।

झापाका युवा व्यवसायीहरुको पहलमा चार विगाहा क्षेत्रफलमा करिब २५ करोडमा लागतमा निर्मित उद्योगको उद्घाटन अर्जुनधारा नगरपालिकाका प्रमुख हरिकुमार राणाले गरे ।

माटोमा निर्भर फिक्स चिम्नी इटा उद्योगहरुले वातावरण ता मानविय स्वास्थ्यमा प्रत्यक्ष असर पार्दै आएकाले सरकारले त्यस्ता इटा उद्योग विस्थापित गरी वातावरण मैत्री उद्योग सञ्चालनका लागि योजना अघि बढाइसकेकोले सोही योजना झापामा यस्तो प्रविधियुक्त उद्योग सञ्चालनमा ल्याएको बिल्डकन इण्डष्ट्रिजका प्रबन्ध निर्देशक नविन गट्टानीले जानकारी दिए ।

छिमेकी राष्ट्र भारत, चीन तथा अन्य विकसित मुलुकमा सडक, भवनदेखि ठूलठूला विकास निर्माणको कार्यमा कंक्रिट ब्लक प्रयोग हुन थालेकोले त्यसलाई स्वदेशमा पनि लागु गराउने मुख्य उदेश्य लिएको उहाँले बताए ।

यस उद्योगले दैनिक ८० हजार फ्लाई एस ब्रीक्स, ४० हजार ब्लक र २८ सय स्क्यावर पेबरस टाइल उत्पादन गर्ने सक्ने उद्योगका अर्का सञ्चालक सुशिलकुमार अग्रवालका बताए ।

उनका अनुसार ग्रीन कंक्रिटबाट परिचित सो सामग्रीहरु गिटी, बालुवा, सिमेन्ट तथा विद्युतीय कारखानाबाट निस्कने वास्टेजको रुपमा रहेको फ्लाई एसको प्रयोगबाट उत्पादन हुने हुँदा सो उत्पादित सामग्रीलाई ग्रीन कंक्रिट भन्ने गरिन्छ ।

उद्योगमा व्यवसायीहरु गणेशबहादुर बस्नेत, निकेश गट्टानी, भगवान बस्नेत, महेश चित्लांगिया, मुकेश चित्लांगिया, सञ्जय बगाडिया, साहिल अग्रवाल, सुरेशकुमार अग्रवाललगायत ११ जना व्यवसायीहरुको संयुक्त लगानी रहेकोले सो उद्योगमा आगामी दिनमा थप १५ करोड रुपैयाँ खर्च गरी कर्ब स्टोन्स, ड्रेनेज सिस्टमलगायत सामग्रीहरु उत्पादन सुरु गरिने बताइएको छ ।

shares