May 26, 2017

‘बाहुबली २’ एक हजार करोड कमाउने पहिलो भारतीय चलचित्र

काठमाण्डौ, २४ वैशाख । ‘बाहुबलीः द बिगिनिङ’ को सिक्वेल ‘बाहुबली २ः द कन्क्लुजन’ १ हजार करोड कमाउने पहिलो भारतीय चलचित्र बनेको छ ।

यो चलचित्रले भारतीय चलचित्र मध्ये सर्वाधिक ओपनिङ कमाई गर्दै रेकर्ड पनि राखेको थियो । जसले ८ सय करोड भन्दा बढि संकलन गरेको थियो । यो चलचित्रले आफ्नै अघिल्लो फिल्म बाहुबली, र अरु बक्स अफिसका हिट फिल्महरुः ‘पिके’, ‘सुल्तान’ र ‘दंगल’ लाई पनि उछिनेको हो ।

चलचित्र ‘बाहुबली’ को सफलतासँगै दक्षिणी भारतीय चलचित्रका नायक प्रभासको नाम एकाएक चुलिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *