October 24, 2017

महाअभियोग प्रस्ताव संसदको अधिकारभित्रकाे कुराः सभामुख घर्ती

काठमाण्डौ, २४ वैशाख । सभामुख ओनसरी घर्तीले प्रधानन्यायाधीश सुशीला कार्कीमाथिको महाभियोगको प्रस्ताव कसरी अघि बढाउने भन्ने विषय संसदको आन्तरिक मामिला र विशेषाधिकार भएको बताएकी छिन् ।

संसद भवन नयाँ बानेश्वरमा पत्रकार सम्मेलन गर्दै सभामुख घर्तीले राज्यका तीन वटै निकाय– न्यायपालिका, कार्यपालिका र व्यवस्थापिका आ–आफ्नै सीमाभित्र बस्नु पर्नेमा जोड दिइन् । राज्यका निकायहरुको टकरावले आसन्न निर्वाचन र लोकतन्त्रमाथि प्रतिकूल असर पर्ने उनको भनाई छ ।

सभामुख घर्तिले सबै निकाय र पदाधिकारीहरुले आ–आफ्नो भूमिकामा आत्मसमिक्षा गर्न र धैर्य एवम् संयमतापूर्वक निकाश निकाल्न आवश्यक रहेको सभामुख घर्तीले उल्लेख गरिन् । साथै उनले दलहरुबीचको विश्वास र सहमतिको परम्परा तथा निर्वाचनलाई मध्यनजर गर्दै सदन स्थगन गरिएको बताइन् ।