Breaking News

महाअभियोग प्रस्ताव तत्काल फिर्ता लिन एमालेको माग

काठमाण्डौ, २४ वैशाख । एमाले संसदीय दलको कार्यालय सिंहदरबारमा आईतबार बसेको एमाले स्थायी कमिटि बैठकले प्रधानन्याधीशमाथिको महाअभियोग प्रस्ताव तत्काल फिर्ता लिन माग गरेको छ ।

महाअभियोग प्रस्तावले संवैधानिक अंगबीचको टकराव उत्पन्न भएको भन्दै तत्काल फिर्ता लिई मुलुकलाई निर्वाचनमय बनाउनुपर्ने निर्णय गरेको हो । महाअभियोग प्रस्तावका बिषयमा सर्वोच्चले गरेको निर्णय स्वागतयोग्य भएको भन्दै महाअभियोग प्रस्ताव फिर्ता लिन माग गरेको हो ।

बैठकले स्थानीय निकायको दोस्रो चरणको निर्वाचन जेष्ठ ३० गते हुन नसक्ने भन्दै यसलाई जेष्ठ १५ अघि नै सार्नका लागि पनि पुन ध्यानाकर्षण गराएको छ । त्यस्तै बैठकले प्रचार संगठन परिचालनका बिषमयमा छलफल गर्दै केही स्थानमा एमालेलाई रोक्ने प्रयास भएको भन्दै यसलाई डटेर सामाना गर्ने निर्णय गरिएको एमाले सचिव योगेश भट्टराईले जानकारी दिए ।

एमाले अध्यक्ष केपी ओलीले प्रधानमन्त्रीसँग भएको छलफल लगायत अन्य राजनीतिक तथा सांगठनिक बिषयमा बैठकमा जानकारी गराएका थिए ।

shares