August 16, 2017

महाअभियोग सबैको गल्तीको उपज भएको एमाले नेता नेपालको भनाई

काठमाण्डौ, २४ वैशाख । नेकपा एमालेका वरिष्ठ नेता माधव नेपालले संसदमा दर्ता भएको महाअभियोग र सर्वोच्चको फैसलामा आफ्नो–आफ्नो तहमा कहीँ न कहीँ सीमा नाघिएको बताएका छन् ।

आईतबार संसद भवन परिसरमा सञ्चारकर्मीसँग कुरा गर्दै नेता नेपालले यस्तो टिप्पणी गरेका हुन् । उनले हचुवाको भरमा महाअभियोग ल्याइएको भन्दै फैसला गरेको आधारमा महाअभियोग लगाउन खोजिनु गलत भएको धारणा पनि राखे । उनले प्रधानन्यायाधीश सुशीला कार्की महाअभियोग लगाउनु पर्ने व्यक्ति नै नभएको पनि बताए ।

कार्यपालिकाको अधिकार कतिसम्म हो र त्यसमा अदालतले कतिसम्म भूमिका खेल्छ भन्ने बारे बहस गर्न सकिने उनको भनाई छ ।