बारामा फोरम नेपालका कार्यकर्ता र स्थानियबीच झडप, ४ राउण्ड हवाई फायर, ४ प्रहरी घाइते

उमेश दुबे/ बारा २७ मंसिर । बाराको क्षेत्र न २ अन्तर्गत पचरौत नगरपालिका २ बेलदारीमा संघीय समाजवादी फोरम नेपालका कार्यकर्ता र स्थानियबीच झडप भएको छ ।

बिजयी जुलूस बिथोल्न पुगेका स्थानियवासी र कार्यकर्ता बिच झडप भएको हो । झडप नियन्त्रण गर्न गएका प्रहरीमाथि ढुङ्गामुडा भएपछी प्रहरीले ४ राउण्ड हवाई फायर गरेकाे थियो ।

स्थानिय र फोरम नेपालका कार्यकर्ताबीचकाे झडपमा ४ जना प्रहरी घाइते भएका छन । घाइते हुनेमा प्रहरी नायब निरीक्षक सहित ३ जना प्रहरी जवान घाइते भएको प्रहरीले जनाएको छ ।