Breaking News

कस्ता थिए सद्दाम हुसेनका छाेरा उदय हुसेन ? पढ्नुहाेस्

काठमाण्डाै, २७ मंसिर । इराकका पूर्वराष्ट्रपति सद्दाम हुसेन र उनका छाेराकाे बारेमा लुकेका थुप्रै रहस्यहरू खुलेका छन् ।

३० वर्ष इराकमा निरंकुश शासन  गर्ने तानाशाह सद्दाम हुसेन र उनका छाेरा उदय हुसेनकाे एेय्यासी जीवन र क्रूरताकाे बारेमा  उदयका ‘बडी डबल’ वा डुप्लिकेट लतिफ याहियाले एक अन्तर्वार्तामार्फत् खुलासा गरेका छन ।

लतिफले बताए अनुसार उदयले उनलार्इ सन् १९८३ मा अाफ्नाे सुरक्षाकाे निम्ति डुप्लिकेटकाे रुपमा नियुक्त गरेका थिए । उदयकाे मृत्युपछि उनले थुप्रै गाेप्यता खाेलेका छन् । उनी भन्छन्, उदयलार्इ अाफूलार्इ मन परेपछि जाेसुकै महिलालार्इ उठाएर ल्याउँथे ।

उदय एकपटक एउटा विवाहमा गएका  थिए जहाँ उनलार्इ दुलही राम्राे लाग्याे र उक्त बेहुलीसँग सुहागरात मनाउने जिद्दी गरे र उठाएर हाेटेलमा लगी बलत्कार गरे । बेहुलीले अाफूमाथिकाे अत्याचार सहन नसकी हाेटेलकाे छतबाट हामफालेर अात्महत्या गरिन् । तर तानाशाह सुपुत्र भएकै कारण साे बारे कसैले अावाज उठाएनन् ।

 

सद्दाम लगायत उनका दुर्इ भाइ छाेराहरू कुनै महत्वपूर्ण राजनीतिक सभा समाराेहमा भाग लिन अाफू नगर्इ अाफ्ना डुप्लिकेटलार्इ पठाउने गर्दथे  । उनले याे पनि बताए कि जब इराकले कुबेतमाथि हमला गरेकाे थियाे, त्यसबेला इराकी सेनालार्इ उदय हुुुसेन बनेर सम्बाेधन लतिफले नै गरेका थिए । पछि सीअार्इएकाे सहयाेगले उनी भाग्न सफल भएका थिए ।

उदय हुसेन विलासी पनि थिए । महंगाे कार, हवाइजहाज, बन्दुक एवं गरगहनाका साैखिन थिए उदय । उनले कार र बन्दुक खुब संग्रह गरेका थिए । उनकाे रूचीकाे २०१ माइल प्रतिघण्टा अधिकतम गति भएकाे ट्वीन टर्बाे भी-८ इंजिनयुक्त फरारी एफ-४० माेडलकाे कार सद्दामकाे शासन समाप्त भएपछि ग्यारेजमा धुलाे खाइरहेकाे छ ।

अमेरिकाले रासायनिक हतियार राखेकाे अाराेपमा सन् २००३ मा इराकमाथि अाक्रमण गर्दा जुलार्इ २२ मा उदय र उनका भाइ मारिएका थिए भने पिता सद्दाम हुसेन पक्राउ परे । सद्दामलार्इ सन् २००६ डिसेम्बर ३० मा फाँसी दिइएकाे थियाे । एजेन्सी

 

shares