August 19, 2017

नाइजेरियामा बोको हरामद्वारा तीन बर्ष अघि अपहरित ८० किशोरी रिहा

काठमाण्डौं २४ बैशाख । नाइजेरियाको इस्लामिक बिद्रोही समूह बोको हरामले तीन बर्ष अघि अपहरण गरेका २ सय ७६ बालिका मध्ये ८० जनालाई रिहा गरेको छ ।

उत्तर पश्चिमी नाइजेरियाबाट तीन बर्ष अपहरण गरेका मध्ये बोको हरामले ८० जनालाई रिहा गरेको बिबिसिले जनाएको छ । सरकारसंगको वार्तापछि उनीहरुलाई रिहा गरिएको बताइएको छ ।

बाँकी १ सय ९५ बालिकाहरुको अवस्थाका बारेमा भने केही खुलाइएको छैन । रिहा गरिएको सबै बालिका सेनाको संरक्षणमा रहेका छन् ।

उनीहरुलाई क्यामरुनसंग सीमा जोडिएको सडक क्षेत्रबाट ल्याइएको थियो । बोको हरामले सन् २ हजार १४ मा उत्तर पूर्वी चिबाक शहरको एक छात्रावासबाट २ सय ७६ छात्रालाई अपहरण गरेको  थियो ।