October 18, 2017

प्रियंकालाई भिएसको ‘सेक्सिएस्ट रेड कार्पेट लुक’ अवार्ड

काठमाण्डौ, २ वैशाख । पछिल्लो समय हलिउडमा पाइला राखेकी बलिउड अभिनेत्री प्रियंका चोपडा सफलताको शिखर चढ्दैछिन् ।

अमेरिकाको प्रसिद्ध महिलाले लगाउने कपडाको ब्रान्ड भिक्टोरियाज् सेक्रेट (भिएस) ले ‘सेक्सिएस्ट रेड कार्पेट लुक’ को विजेताको रुपमा प्रियंकालाई छानेको हो । यही ब्रान्डले प्रत्येक वर्ष आकर्षक तथा सेक्सी लुक्स भएका अभिनेत्रीहरुको सूची सार्वजनिक गर्ने गरेको छ ।

त्यस्तै म्यान्डी मोरेले ‘सेक्सिएस्ट एक्ट्रेस’ को र मार्गाेट रुब्बीले नयाँ अनुहारहरु मध्येबाट ‘फरेबर सेक्सी’ को विधामा उपाधि जितिन् ।