स्याङ्जा क्षेत्र नम्बर १ बाट एमालेका नारायण मरासिनी विजयी

स्याङ्जा, २६ मंसिर । स्याङ्जा क्षेत्र नम्बर १ बाट प्रतिनिधसभा सदस्यमा वाम-गठबन्धनकाे तर्फबाट एमालेका नारायण मरासिनी विजयी भएका छन्।

मरासिनी ३९ हजार ४३३ मत प्राप्त गरेर निर्वाचित भएका हुन् । उनका प्रतिस्पर्धी कांग्रेसका राजु थापाले २८ हजार ७३१ मत प्राप्त गरे ।