Breaking News

भारतीय टिभी च्यानलहरुमा कण्डाेमकाे विज्ञापनमा राेक

नयाँ दिल्ली, २६ मंसिर । भारतीय टेलिभिजनमा अब बिहान ६ बजेदेखि राती १० बजेसम्म कण्डाेमकाे विज्ञापन नदेखाइने भएकाे छ ।

भारतीय सूचना तथा संचार मन्त्रालयले उक्त समयावधिभित्र टेलिभिजन च्यानलमा कण्डाेमकाे विज्ञापन प्रचार नगर्न सल्लाह दिएकाे हाे । मन्त्रालयले चालेकाे साे कदमकाे मुख्य कारण बालबालिकाले उक्त विज्ञापन नहेरून् भन्ने रहेकाे जनाएकाे छ ।

सबै टेलिभिजन च्यानलहरूलार्इ पत्राचार गर्दै मन्त्रालयले ताेकिएकाे १६ घण्टाकाे उक्त समय अवधिभित्र कण्डाेमकाे विज्ञापन प्रसारण नगर्न अाग्रह गरेकाे हाे । विज्ञापनकाे विषयमा विभिन्न शिकायतहरू अाएपछि मन्त्रालयले साे निर्णय लिन बाध्य भएकाे बताएकाे छ ।

शुरुवाती समयमा जनचेतनाकाे लागि यस्ता विज्ञापन बजाइने गरेकाे भएतापनि समयक्रमसँगै थप अश्लील र कामुकता झल्किने विज्ञापनहरूकाे निर्माण र प्रचारप्रसार हुन थालेकाेले बालमनाेविज्ञानमा नकारात्मक असर पार्नुका समाजमा अश्लीलता फैलाउने देखिएकाेले उक्त राेक लगाएकाे मन्त्रालयकाे तर्क छ ।

तर पपुलेशन फाउन्डेसन अफ इंडियाका पुनम मुटरेजाले सरकारले याे फैसला हतारमा गरेकाे अाराेप लगाएका छन् । विज्ञापनमा केही कमी-कमजाेरी हुँदैमा सम्पूर्ण विज्ञापन प्रचारमा नै राेक लगाउन नहुने उनी बताउँछन् । यस्ता विज्ञापनले जनसंख्या नियन्त्रण, एचअार्इभीबाट सुरक्षित रहन, अनावश्यक गर्भधारण राेक्न तथा सुरक्षित याैनव्यवहार गर्न चेतना फैलाउने कुरामा कुनै शंका नरहेकाे उनकाे तर्क छ ।

 

 

 

 

 

shares