Breaking News

लमजुङमा पाँच हजार मत बदर

लमजुङ, २६ मंसिर । लमजुङमा प्रतिनिधिसभा र प्रदेशसभा सदस्यमा प्रत्यक्षतर्फ करिब पाँच हजार मत बदर भएको छ ।

एक लाख १५ हजार ४ सय ४९ मतदाता रहेकामा प्रतिनिधिसभा सदस्यका लागि ७७ हजार १६४ मत खसेको थियो । खसेकोमध्ये दुई हजार ५ सय ८५ मत बदर भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

त्यस्तै ५४ हजार ८ सय ९७ मतदाता रहेको प्रदेशसभा ‘क’मा ३६ हजार ८ सय ७१ मत खसेकोमा एक हजार ४ सय ७४ मत बदर भएको निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ ।

यसैगरी, ६० हजार ५ सय ५२ मत रहेको प्रदेशसभा ‘ख’मा ४१ हजार २ सय ७२ मत खसेकोमा ८ सय ७८ मत बदर भएको छ । निर्वाचन शिक्षा प्रभावकारी नभएकाले मत बदर संख्या बढेको हुन सक्ने अनुमान गरिएको छ ।

 

shares