विराट र अनुष्काकाे विवाहकाे फाेटाे एवं भिडियाे भाइरल

काठमाण्डाै, २६ मंसिर । ४ वर्षअघि देखि प्रेममा रहेका भारतीय क्रिकेटर विराट काेहली र बलिउडका चर्चित नायिका अनुष्का शर्मा साेमबार वैवाहिक बन्धनमा बाँधिएका छन् ।

डिसेम्बर १२ मा हुने भनिएकाे उक्त वैवाहिक कार्यक्रम एक दिन अगावै इटलीमा सम्पन्न भएकाे हाे । विवाहकाे विभिन्न अवसरमा खिचिएका फाेटाे एवं भिडियाे हाल सामाजिक संजालमार्फत् भाइरल भइरहेका छन् ।

अाफ्ना अाफन्त तथा नातेदारहरूलार्इ २१ डिसेम्बरमा दिल्लीमा रिसेप्सन पार्टी राखिएकाे छ भने २६ डिसेम्बरमा मुम्बर्इमा फिल्म जगतका साथीभाइका लागि भाेजकाे बन्दाेबस्त गरिएकाे जनाइएकाे छ ।

अनुष्का र विराट भारत फर्किएपछि वर्लीस्थित् अाफ्नाे नयाँ घरमा बस्ने छन् । उक्त अपार्टमेन्ट ३५ कराेड भारु मा खरिद गरिएकाे पनि बुझिएकाे छ । उनीहरूका कराेडाैं फ्यानहरू उनीहरूलार्इ स्वागत गर्न अातुर रहका छन् । एजेन्सी