Breaking News

निर्वाचित प्रमाणपत्र नपाएकाे रेशमकाे गुनासो

काठमाण्डौ २६ मंसिर । कैलाली क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित राजपाका रेशम चाैधरीले निर्वाचित प्रमाणपत्र नपाएकाेमा गुनासो गरेका छन ।

निर्वाचित प्रमाणपत्र लिन रेशमले वारेसनामा सहित श्रीमति रंजिता श्रेष्ठलाई कैलालीकाे धनगढी पठाएका छन । धनगढीमा रहेकी रंजिताले  निर्वाचन अधिकारीहरुले प्रमाणपत्र दिन अालटाल गरिरहेकाे बताएकी छन ।

२०७२ भदाै ७ गते डेढ बर्षिय नाबालक र वरिष्ठ प्रहरी उपरीक्षक लक्ष्मण न्याैपाने सहित ८ जनाकाे हत्याकाे दोषीका रुपमा रेशम प्रहरीकाे फरार सूचीमा छन ।

वारेसनामा मार्फत नै प्रतिनिधिसभा सदस्यमा कैलाली १ बाट राजपाकाे छाता चिन्हबाट चुनाव लडेका रेशम ३४ हजार ३ सय ४१ मतसहित विजयी भएका थिए ।

निर्वाचन कार्यालयले निर्वाचित प्रमाणपत्र दिन अालटाल गरेकाेमा रेशमले सामाजिक सञ्जाल फेसबुकमा अाक्रोश व्यक्त गरेका छन ।

 

shares