अमेरिकी राष्ट्रपति ट्रम्पविरुद्ध याैन दुर्व्यवहारकाे अाराेप

वासिंगटन डीसी, २६ मंसिर । केही अमेरिकी महिलाहरूकाे समूहले पत्रकार सम्मेलनमा साेमबार पूर्व व्यापारी एवं हाल अमेरिकी राष्ट्रपति डाेनाल्ड ट्रम्पविरुद्ध याैन दुर्व्यवहार गरेकाे अाराेप लगाउँदै सार्वजनिक रुपमा अाफ्ना बयान दिएका छन् ।

रेचल क्रुक्स, जेसिका लिड्स, समान्था होल्भे लगायतका १५ महिलाले ‍राष्ट्रपति चुनिनु अघि विभिन्न अवसरमा ट्रम्पले आफूहरूलाई अश्लील ढंगले छोएको, जबरजस्ती चुम्बन गरेको र अपमान गरेको आरोप लगाएका हुन् ।

अाराेप लगाउने ती महिलाहरूमध्ये १३ जनाले अाफूहरू प्रत्यक्ष रुपमा ट्रम्पद्वारा याैन दुर्व्यवहारकाे शिकार भएकाे र बाँकी २ जनाले उनकाे त्यस्ताे असहज व्यवहार अाफूहरूले देखेकाे बताए ।

समाजका सबै तह र तप्कामा महिलामाथि याैन दुर्व्यवहारका घटना हुने गरेकाे भए पनि राष्ट्रपति जस्ताे उच्च अाेहाेदामा अासिन व्यक्ति पनि कुनेै समय त्यस्ता क्रियाकलापमा संलग्न रहेकाले उनीहरूले सबैकाे ध्यान यसतर्फ अाकृष्ट गराउन खाेजेकाे पनि उनीहरूले बताए ।

तर अमेरिकी राष्ट्रपति कार्यालय ह्वाइट हाउसले आफूलाई राष्ट्रपति ट्रम्पले यौन दुर्व्यवहार गरेको आरोप लगाउने तीन महिलाको राजनीतिक उद्देश्य र उनीहरुले उक्त आरोप लगाएको समयबारे प्रश्न उठाएको छ।

राष्ट्रपतिकी प्रवक्ताले ती आरोपविरुद्ध छानबिनका लागि संसदीय जाँच गराइनुपर्ने मागहरु खारेज गरेकी छन्। धेरै पहिले नै उक्त विषयमा ट्रम्पले स्पष्टिकरण दिंदै अाफू निर्दाेष रहेकाे बताइसकेकाे तथा साक्षी र प्रत्यक्षदर्शीले पनि ट्रम्प निर्दाेष रहेकाे बारे बाेलिसकेकाेले उक्त अाराेप झुटो भएको प्रेस सेक्रेटरी सारा स्यान्डर्सले बताइन् ।