October 24, 2017

सपनासँगै शेरचनको आधार शिविरमा अवसान

सोलुखुम्बु, २४ वैशाख  । सबैभन्दा बढी उमेरमा सगरमाथाको आरोहण गरी कीर्तिमान कायम गर्न सगरमाथाको आधार शिविर पुगेका मीनबहादुर शेरचनको शनिबार आरोहणकै क्रममा निधन भएको छ । उनी ८६ वर्षका थिए ।

७६ वर्षको उमेरमा सगरमाथाको आरोहण गरी कीर्तिमान कायम गरेका शेरचनको कीर्तिमान जापानी आरोहीले तोडेपछि फेरि नयाँ कीर्तिमान राख्न उहाँ यस पटक सगरमाथा आरोहणको अन्तिम तयारीमा थिए ।
शनिबार साँझ ५ बजेर १४ मिनेट जाँदा उनको हृदयाघातबाट निधन भएको सरकारका तर्फबाट सगरमाथा आधारशिविर पुगेका सम्पर्क अधिकृत ज्ञानेन्द्र श्रेष्ठले जानकारी दिए । स्वर्गीय शेरचनको शवलाई आइतबार लुक्ला हुँदै राजधानी लैजाने कार्यक्रम रहेको उनले जानकारी दिए । यो खबर गोरखापत्रमा छ ।