समानुपातिक मतमा पनि एमाले नै अगाडि

काठमाण्डौ २६ मंसिर । प्रतिनिधिसभा निर्वाचन अन्तर्गत समानुपातिकतर्फ पनि एमाले अगाडि देखिएको छ ।
निर्वाचन आयोगले पछिल्लो पटक सार्वजनिक गरेको नतिजा अनुसार एमालेले ९ लाख १४ हजार ९ सय १३ र कांग्रेसले ८ लाख ६२ हजार ६६ मत पाएका छन् ।

माओवादी केन्द्रले भने ३ लाख ८१ हजार ३ सय ४७ मत पाएको छ । यस्तै, संघीय समाजवादी फोरमले ६२ हजार ८ सय ४५ मत प्राप्त गरेको छ भने विवेकशील साझाको ५१ हजार ६ सय २६ मत रहेको छ ।

राप्रपाले ३७ हजार ९ सय ९५ मत पाएको छ । यस्तै राष्ट्रिय जनता पार्टी नेपाल (राजपा) ले ४० हजार ७ सय ५३ मत ल्याएको छ भने नयाँ शक्ति पार्टीको ३० हजार ७ सय ९१ मत रहेको छ ।