Breaking News

प्रतिनिधिसभातर्फको १ सय ६१ स्थानको मतगणना सम्पन्न, एमाले ७७ , माओवादी ३६ र कांग्रेस २१ स्थानमा विजयी

काठमाण्डौ २६ मंसिर ।  प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनअन्तर्गत मतगणना अन्तिम चरणमा पुरेकाे छ । अाज बेलुकासम्म बांकी सबै क्षेत्रकाे परिणाम अाईसक्ने अनुमान गरिएकाे छ ।
पछिल्लो मत परिणामअनुसार वाम गठबन्धनबाट एमालेका ७७ उम्मेदवारले प्रतिनिधिसभा सदस्यमा जित हासिल गरेका छन् । यस्तै १ सय ५९ स्थानमा प्रदेशसभा सदस्य निर्वाचित भएका छन् ।

वाम गठबन्धनमै आवद्ध अर्को दल माओवादी केन्द्रका ३६ उम्मेदवारले प्रतिनिधिसभा सदस्यमा जित हासिल गरेका छन् । ६७ उम्मेदवार प्रदेशसभामा निर्वाचित भएका छन् ।

लोकतान्त्रिक गठबन्धनअन्तर्गत कांग्रेसका २१ उम्मेदवार प्रतिनिधिसभा सदस्य निर्वाचित भएका छन् भने ३९ जना प्रदेशसभा सदस्यमा विजयी भएका छन् ।

संघीय समाजवादी फोरमका १० केन्द्रीय संसद सदस्य र २२ उम्मेदवार प्रदेशसभा सदस्य चुनिएका छन् । राजपाका ११ प्रतिनिधिसभामा तथा १२ प्रादेशिक सभाका सदस्य बनेका छन् ।

यसैगरी नयाँशक्ति पार्टी र राप्रपाले प्रतिनिधिसभामा एक/एक स्थान हासिल गरेका छन् । स्वतन्त्र एक उम्मेदवार पनि प्रतिनिधि सभा संसद् सदस्य निर्वाचित भएका छन् ।

एक सय ६५ प्रनिधिसभा सदस्य तथा तीन सय ३० प्रदेशसभा सदस्यका लागि यही मंसिर १० र २१ गते निर्वाचन भएको थियो । पहिलो चरणमा निर्वाचन भएका क्षेत्रको परिणाम लगभग आइसकेको छ भने दोस्रो चरणमा निर्वाचन भएका ठाउँको परिणाम आउने क्रम तीब्र भएको छ । आज बेलुकीसम्ममा लगभग सबै क्षेत्रको अन्तिम परिणाम आउने अनुमान गरिएको छ ।

shares