कैलाली १ बाट राजपाका रेशम चाैधरी बिजयी

कैलाली २६ संसिर । टीकापुर घटनाका मुख्य योजनाकारका रुपमा अारोपित राजपाका रेशम चौधरी कैलाली क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभा सदस्य निर्वाचनमा निर्वाचित भएका छन्।

एक नाबालक र नेपाल प्रहरीका वरिष्ठ प्रहरी उपरिक्षक लक्ष्मण न्यौपाने सहित ८ जनाकाे हत्यामा संलग्न रहेकाे अारोप पछि उनी प्रहरीकाे फरार सूचीमा रहेका छन ।

भूमिगत रुपमा चुनाव लडेका चौधरी ३४ हजार ३ सय ४१ मत सहित विजयी भएका हुन्। उनकी प्रतिस्पर्धी एमालेकी मदनकुमारी शाहले १३ हजार ४ सय ६ मत प्राप्त गरिन्।