बलिउडकाे सबैभन्दा ठूलाे ड्रग सप्लाएर पक्राउ

मुम्बर्इ, २५ मंसिर । मुम्बर्इ एंटी नारकाेटिक्स सेलले बलिउडकाे सबैभन्दा ठूलाे ड्रग सप्लाएर पक्राउ परेकाे जनाएकाे छ ।

बकुल चंदेरिया नामक उक्त व्यक्तिलार्इ बलिउडमा ड्रग सप्लाइ गर्ने अाराेपमा गिरफ्तार गरिएकाे हाे । हाल प्रहरीले साे बारे छानबिन गरिरहेकाे छ । छानबिनकाे क्रममा उनकाे सम्बन्ध बलिउडका ठूला सेलिब्रिटीसँग समेत रहेकाे पाइएकाे छ ।

सुत्रका अनुसार उनले नैराेबीबाट ड्रग्सकाे धन्दा चलाउने गर्दथे । उनकाे सम्बन्ध नारकोटिक्स डिलर विक्की गाेस्वामी तथा ममता कुलकर्णीसँग समेत रहेकाे बुझिएकाे छ ।

बलिउडका चर्चित कलाकारहरूदेखि पाँच तारे हाेटेलका ग्राहकलार्इ लागुपदार्थ अाेसारपसार गर्ने बकुललार्इ पक्राउ गर्ने क्रममा प्रहरीले १५ लाख बराबरकाे लागुपदार्थ पनि बरामद गरेकाे छ । उनीसँग ठूला बलिउड हस्तीहरूकाे फाेन नम्बर भेटिएबाट पनि उनकाे सम्बन्ध माथिसम्म रहेकाे हुन सक्ने प्रहरीले जनाएकाे छ ।

दश वर्षदेखि बलिउडमा लागुपदार्थ सप्लार्इ गर्दै अाएकाे भनिएका बकुल यसअघि पनि पक्राउ परेका थिए । उनले ३ कराेडभन्दा बढी रकम बराबरकाे लागुपदार्थ काराेबार गरिसकेकाे पनि खुलेकाे छ ।