Breaking News

राहुल गान्धी भारतीय कांग्रेस पार्टीकाे अध्यक्ष हुने निश्चित्

नयाँ दिल्ली, २५ मंसिर । राहुल गान्धी भारतीय कांग्रेस पार्टीकाे अध्यक्ष बन्ने लगभग पक्का भएकाे छ ।

पार्टीकाे अध्यक्ष पदकाे लागि गान्धीकाे बाहेक अरु कुनै उम्मेद्वारी नपरेकाे र उम्मेद्वारी फिर्ता लिने अन्तिम म्याद अाज दिउँसाे तीन बजे समाप्त भएसँगै उनी अध्यक्ष हुने निश्चित् भएकाे हाे ।

गान्धी परिवारबाट पार्टीकाे अध्यक्षकाे जिम्मेवारी बहन गर्ने राहुल गान्धी पहिलाे व्यक्ति हाेइनन्, तर उनी सामु थप चुनाैति र समस्याहरू भने पक्कै छन् । याे परिवारबाट मोतीलाल नेहरू, जवाहर लाल नेहरू, इन्दिरा गान्धी, राजिव गान्धी र साेनिया गान्धी गरी ५ जनाले राहुलभन्दा अघि उक्त जिम्मेवारी सम्हालिसकेका छन् ।

भारतकाे लाेकसभामा अहिले कांग्रेसले जम्मा ८ प्रतिशत् मात्र हिस्सा अाेगटेकाे परिस्थितिमा राहुल पार्टी अध्यक्ष हुन लागेका हुन् । यसअघि भारतीय कांग्रेस यति कमजाेर कहिले भएकाे थिएन ।

राहुल गान्धीले सन् २०१९ मा १२ राज्यकाे विधानसभा चुनाव र अामचुनावकाे सामना गर्नुपर्नेछ । त्यसैगरी, राज्यका इकार्इहरू बलियाे बनाउनु पर्ने र हिन्दु विराेधी छवि बदल्नु पर्ने जस्ता थप चुनाैतिहरू उनका सामु देखिएका छन् ।

 

shares