Breaking News

राजिव गान्धी कसरी राजनीतिमा अाए ? राजिव र अाेशाेबीच सम्बन्ध के थियो ?

भारतका छैठौं प्रधानमन्त्री राजिव गान्धी र अाध्यात्मिक गुरु अाेशाेबीच के सम्बन्ध छ भनेर धेरैलार्इ थाहा नहुन सक्छ । उक्त रहस्यमय सम्बन्धका बारेमा भर्खरै प्रकाशित एउटा नयाँ पुस्तकले खुलासा गरेकाे छ ।

कवि एवं कलाकार राशिद म्याक्सवेलकाे पुस्तक ‘द अाेनली लाइफ: अाेशाे, लक्ष्मी एंड द वर्ल्ड इन क्राइसेस’ मा लेखिए अनुसार इन्दिरा गान्धी अाेशाेबाट प्रभावित थिइन्, त्यसैले उनले अाफ्नाे छाेरा राजिव गान्धीलार्इ राजनीतिमा ल्याउन अाेशाेका सचिव लक्ष्मीकाे मद्दत लिएकी थिइन् ।

राजनीतिमा अाउनुपूर्व राजिव गान्धी प्राेफेसनल पाइलट थिए । राजनीतिप्रति उनकाे खासै माेह थिएन । तर हवाइजहाज दुर्घटनामा संजय गान्धीकाे निधन भएपछि भने इन्दिरा गान्धी अाफ्नाे दास्राे सुपुत्र राजिव गान्धी राजनीतिमा लागाेस् भन्ने चाहन्थिन् ।

अाेशाेका सचिवले राजिवलार्इ सम्झाए

इन्दिरा गान्धी पिता जवाहरलाल नेहरूझैं अध्यात्ममा रुची राख्थिन् । उनी अाेशाेका शब्दबाट प्रभावित थिए । तर अाेशाे तत्कालिन समयमा एउटा विवादास्पद व्यक्तित्व भएका कारण इन्दिरा सिधै अाेशाेकाे अाश्रममा गएर भेटिनन् ।

‘द ओनली लाइफ: ओशो, लक्ष्मी एंड द वर्ल्ड इन क्राइसेस’ काे अनुसार जब सन् १९७७ मा इन्दिरा गान्धी सत्ताबाट बाहिरिइन्, तब अाेशाेका सचिव लक्ष्मीलार्इ उनकाे घर वा अफिसमा कुनै पनि बेला बेराेकताेक अाउन-जान अनुमति दिइयाे ।

सन् १९८० मा इन्दिरा गान्धी सत्तामा फर्किएपछि अकस्मात् संजय गान्धीकाे प्लेन दुर्घटनामा मृत्यु भयाे । राशिद म्याक्सवेलले लेखेका छन्, जब लक्ष्मी इन्दिरालार्इ भेट्न अाइन् उनले राजिवलार्इ पाइलटकाे पेशाबाट छुटाएर राजनीतिमा अाउनका लागि सम्झाइदिन अाग्रह गरेकी थिइन् ।

अाेशाेका सचिव

राशिद म्याक्सवेल भन्छन्, इन्दिराकाे उक्त अाग्रहपछि लक्ष्मीले राजिव गान्धीलार्इ उनकै काेठामा बसेर कसरी उनले २० औं शताब्दीमा देशकाे प्रगतिमा याेगदान दिन सक्छन् भन्नेबारे धेरैबेर सम्झाइन् । त्यसपछि भने राजनीतिमा अनिच्छुक राजिव गान्धी राजनीतिमा हाेमिने फैसला गरे ।

सन् १९८४ मा इन्दिरा गान्धीकाे हत्या भएपछि राजिव देशकाे छैटाैं प्रधानमन्त्री पनि बने । ‘द ओनली लाइफ: ओशो, लक्ष्मी एंड द वर्ल्ड क्राइसेस’ भन्ने पुुस्तक अाेशाेका सचिव लक्ष्मीका जीवनी हाे । ब्रिटिश इंडियामा पालितपाेषित लक्ष्मी अाेशाेका पहिलाे सचिव थिइन् ।

लक्ष्मीले रहस्यवादी अाेशाेकाे मार्गदर्शनमा अाफ्नाे साथसाथै अन्य व्यक्तिलार्इ सही बाटाे देखाइन् । यस पुस्तकमा लक्ष्मीकाे जीवनमा अाएका उतारचढावकाे बारेमा समेत लेखिएकाे छ । -एजेन्सी

 

 

 

 

shares