Breaking News

संसदीय प्रजातन्त्रको मर्यादा विर्सनु हुदैन: प्रदिप गिरी

जागेश्वर यादव/सिरहा, २५ मंसिर । सिरहा क्षेत्र नं १ बाट बिजयी भएका नेपाली कांग्रेसका नेता प्रदिप गिरीले नेपाली कांग्रेसले पार्टी स्थापना यताकाे सबै  सबैभन्दा ठूलाे चुनौति सामना गर्नु परेकाे बताएका छन ।

नेपाली कांग्रेसकाे पराजयलाई गिरीले “कहिले नभएको अद्भुत घटना’ को संज्ञा दिएका छन । विजयी उत्सवलाई सम्बोधन गर्दै गिरीले भने ‘यसभन्दा अगाडि कांग्रेसले कहिले पनि यसरी नराम्रो पराजय भाेगेकाे थिएन । यस पराजयलाई पार्टीले चुनौतीको रुपमा लिनुपर्छ । यो संकट हो यसलाई हामीले अवसरको रुपमा लिनुपर्छ ।नेपाली कांग्रेसले के कति कमजोरीका कारणले यो अवस्था आएको हो विचार गर्नुपर्छ ।’

उनले अाफू सिराहा क्षेत्र नं १ मा प्रतिनिधिका रुपमा आएको बताए । नेपाली कांग्रेसको जिम्मेवार सिपाहीका रुपमा उनले यसको कारण खोतलेर पार्टीको सामु राखेर यस हारलार्इ निकट भविष्यमा जितमा परिणत गर्ने पुरा कोसिस गर्ने विश्वास दिलाए ।

सत्तामा जाने मित्रहरूलाई विजयको आवेशमा आएर संसदीय प्रजातन्त्रको मर्यादालाई नबिर्सन उनले आग्रह गरे । सिरहाको ४ वटा निर्वाचन क्षेत्रमध्ये नेपाली कांग्रेस एक क्षेत्रमा मात्र विजय भएकाे छ । २०७० सालको दोश्रो संविधानसभा निर्वाचनमा ६ निर्वाचन क्षेत्रमध्ये ५ निर्वाचन क्षेत्रमा विजय भएकाे थियाे ।

नेपाली कांग्रेसका केन्द्रिय सदस्य तथा समाजवादी नेताका रुपमा परिचित गिरी २३ हजार ९ सय ५१ मत प्राप्त गरी निर्वाचित भएका हुन् । गिरीका निकटतम् प्रतिद्धन्द्वी बाम गठबन्धनबाट नेकपा एमालेका केन्द्रिय सदस्य गंगा प्रसाद यादव २१ हजार ३ सय ७१ मत ल्याएर पराजित भएका छन् भने फोरमका राजलाल यादव १३ हजार ३ सय ५१ मतका साथ तेस्रो भए ।

 

shares