Breaking News

 भक्तपुर क्षेत्र नं १ मा नेमकिपाका प्रेम सुवाल विजयी

भक्तपुर, २५ मंसिर । भक्तपुर क्षेत्र नं १ को प्रतिनिधि सभामा नेपाल मजदुर किसान पार्टीका सचिव प्रेम सुवाल विजयी भएका छन् । उनले खसेको जम्मा मतमध्ये ३३ हजार ७६ मत प्राप्त गरेका छन् ।

भक्तपुर क्षेत्र नं १ मा ९४ हजार १ सय ३६ जना मतदाता रहेपनि उक्त निर्वाचनमा ७२ हजार १ सय ६८ मत खसेको थियो । सुवालले नेपाली काँग्रेसका बाबुराजा जोशीलाई पराजित गरेका हुन् ।

जोशीले १७ हजार ८ सय १८ मत पाएका छन भने बामगठबन्धनका मिलन सुवालले १५ हजार ३ सय ७४ मत प्राप्त गरेका छन । भक्तपुर क्षेत्र नं १ मा जम्मा खसेको मतमा १ हजार ७ सय ३ मत बदर भएको छ ।

यस्तै क्षेत्र नं १ को प्रदेश ‘क’ मा बाम गठबन्धनका शरिशरण लामिछाने र ‘ख’ मा नेपाल मजदुर किसान पार्टीका सुरेन्द्रराज गोसाईले विजयी भएका छन् ।

लामिछानेले आफना प्रतिद्धन्द्धी काँग्रेसका जीवन खत्रीलाई पराजित गरेका छन् । लामिछानेले १२ हजार ७ सय ८९ मत पाए भनेर खत्रीले ९ हजार ९ सय ७७ मतमा चित्त बुझाएका छन् । यस्तै प्रदेश ‘ख’ मा गोसाईले २३ हजार ८ सय ८५ मत ल्याएर जीत हासिल गरेका छन ।

भक्तपुर क्षेत्र नं २ मा बामगठबन्धनका महेश बस्नेतले प्रतिनिधि र उक्त गठबन्धनकै शशिजंग थापा र राजेन्द्रमान श्रेष्ठले प्रदेश सभा सदस्यमा विजयी हासिल गरिसेका छन् ।

shares