यस्ताे पनि जागिर हुन्छ, दंग नपर्नुहाेस्

पैसा कमाउन सजिलाे पक्कै छैन । कुनै पनि काम वा जागिर त्यति सहज हुँदैन जति हामी साेच्ने गर्छाैं । माथिल्लाे अाेहाेदामा रहेर काम गर्ने मानिसलार्इ झन् धेरै तनाव हुने गर्दछ ।

अाफ्नाे जागिर वा पेशाप्रति सन्तुष्ट हुने मानिस भेट्टाउन शायदै सकिएला । कसैलार्इ अफिसमा दिनभर बस्दाबस्दा दिक्क लाग्न सक्छ भने कसैलार्इ बाहिर घुम्दा वा डुल्दा वाक्क दिक्क लागिरहेकाे हुन्छ ।

तर एउटा महिलाकाे जागिर यस्ताे पनि छ भन्ने थाहा पाउँदा तपाइँ अचम्ममा पर्नुहुन्छ । थाहा पाइसकेपछि यस्ताे जागिर मेराे पनि भैदिए कति मज्जा हुन्थ्याे हाेला भनेर कामना गर्न थाल्नुहुनेछ ।

ती महिलाकाे जागिर भनेकै बस्ने मात्र हाे, मात्र बस्ने । बसेकै भरमा उनलार्इ १ लाख ४ हजार रुपैया तलब प्रतिमहिना दिइन्छ । विश्वास नलाग्न सक्छ, तर याे सत्य हाे । एेनन चेरदांत्सेवा नामकी रुसी महिलाले यस्तो जागिर पाएकी छिन । उनी पेशाले प्राफेसनल साेफा टेस्टर हुन।

ती महिलालार्इ रुसकाे एक कम्पनी MZ5 ले साे पदमा नियुक्त गरेकाे हाे । उनकाे काम दिनभर कम्पनीकाे फर्निचरमा बसिरहने वा सुत्ने हाे ता कि ग्राहककाे तर्फबाट कम्पनीलार्इ सुझाव वा फिडब्याक दिन सकियोस ।