Breaking News

चितवन ३ मा पुष्पकमल दाहाल निर्वाचित

चितवन,२५ मंसिर । माओवादी केन्द्रका अध्यक्ष एवम् चितवन ३ बाट प्रतिनिधिसभा सदस्य उम्मेद्वार पुष्पकमल दाहाल विजयी भएका छन् ।

उनले लोकतान्त्रिक गठबन्धनबाट राप्रपा प्रजातान्त्रिकका प्रतिनिधिसभा उम्मेदवार विक्रम पाण्डेलाई ९ हजार ३ सय २७ मतान्तरले पराजित गरेका छन् ।

दाहालले ४८ हजार २ सय ६९ मत प्राप्त गरेका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी पाण्डेले ३८ हजार ९ सय ४२ मत पाएका छन् ।

shares