Breaking News

डाेटीमा एमालेका प्रेमबहादुर आलेमगर विजयी

डोटी,२५ मंसिर । डाेटीमा वाम गठबन्धनकबाट एमालेका प्रतिनिधीसभा सदस्य उम्मेद्वार प्रेमबहादुर आलेमगर विजयी भएका छन ।

उनले बहालवाला भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्री बिरबहादुर बलायरलाई १ हजार ६ सय ३२ मततान्तरले पराजित गरेका हुन् । आले ३२ हजार ५ सय १० मतसहित विजयी भएका छन ।

उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका केन्द्रीय सदस्य समेत रहेका मन्त्री बलायरले ३० हजार ८ सय ७८ मत प्राप्त गरेका हुन् । प्रदेश सभा सदस्यमा भने बाम गठबन्धन र नेपाली कांग्रेसले एक-एक स्थान हात पारेका छन ।

प्रदेश सभा निर्वाचन क्षेत्र ‘क’ मा नेपाली कांग्रेसका भरतबहादुर खड्का विजयी भए । खड्का १७ हजार ४ सय ६ मतसहित विजयी भएका हुन् । उनका निकटतम प्रतिस्पर्धी वाम गठबन्धनका उम्मेद्वार नेकपा एमाले डोटी जिल्ला अध्यक्ष चक्रबहादुर मल्लले १६ हजार सात सय ९३ मत प्राप्त गरे ।

यस्तै प्रदेश सभा ‘ख’ मा वाम गठबन्धनका उम्मेदवार नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य त्रिलोचन भट्ट विजयी भएका छन् । उनले निकटतम् प्रतिस्पर्धी नेपाली कांग्रेसका योगेन्द्रबहादुर शाहीलाई २ हजार ५ सय ९२ मतले पछाडि पारे । भट्टले १० हजार ९१ मत र शाहीले १३ हजार चार सय ९९ प्राप्त गरेका हुन् ।

shares